३ साउन २०८१,
मित्र राष्ट्र भुटानको थिम्पुमा सन्चालन भईरहेको ८ ओै साउथ एशियन कराते प्रतियोगितामा यो समाचार तयार हुदा सम्म नेपाल लाई ८ स्वर्ण प्राप्त भएको छ । प्रतियोगिताको पहिलो दिन नेपाल लाई स्वर्ण दिलाउन सफल खेलाडीहरु सिनियर महिला एकल काता तर्फ एलिसा रास्कोटी मगर,पुरुष एकल कातामा स्वनिम मानन्धर ,महिला -२१ बर्ष तर्फ सन्जु देशार र पुरुष क्याडेट तर्फ रेहान जावेदले नेपाललाई स्वर्ण दिलाए । एलिसाले सेमिफाईनलमा भुटान र फाईनलमा भारतलाई पराजित गरिन भने,स्वनिमले सेमिफाईनलमा श्रीलंका र फाईनलमा भारतलाई पराजित गरेका थिए ।त्यसैगरि सन्जुले फाईनलमा भुटानलाई पराजित गरिन भने,रेहानले भारतलाई पराजित गरि नेपाललाई स्वर्ण पदक दिलाए । त्यसगरि जुनियर पुरुष काता तर्फ भने नेपालका अमृत थोकर भारत संग पराजित हुन पुगे र जुनियर तर्फकै महिला एकल कातामा फाईनलमा श्रीलंका संग पराजित भई नेपाल कि रेनिशा रिमालले रजत पदकमा चित्त बुझाए । त्यसैगरि सिनियर महिला र पुरुष टिमकाता,जुनियर महिला तथा पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पारेको नेपाल कराते महासंघका मिडिया कोअर्डिनेटर गजेन्द्र वहादुर खपाङगीले जानकारी गराउनुभयो ।
यस अघि प्रतियोगिताको ओैपचारिक उदघाटन भुटानका राजकुमार टासु जिगेल ले एक बिशेष समारोहका बिच गर्नुभएको थियो ।
भुटान सहित नेपाल,भारत र श्रीलंका सहभागी रहेको उक्त प्रतियोगिताको उदघाटन समारोहमा नेपालको तर्फवाट नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ,नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा,महासचिव दावा गुरुङ्ग, उपाध्यक्ष मजिन्द्र सिंह,महासंघका सदस्यहरु,बरिष्ठ प्रशिक्षकहरु,टिम प्रशिक्षकहरु,पदाधिकारी लगायत करिव १ दर्जन अफिशियलहरुको सहभागी रहेको प्रवक्ता गजेन्द्र वहादुर खपाङगी ‘ईश्वर’ले जानकारी गराउनुभयो ।