भावना कार्की
सौल/ दक्षिण कोरिया।
दक्षिण कोरियाको सङनाममा आयोजित खुला अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दो च्याम्पियनशिप-२०२४ मा प्रेम बहादुर लिम्बुले दोस्रो उपाधि जित्न सफल भएका छन् ! तेक्वान्दो प्रशिक्षक तथा राष्ट्रिय खेलाडिको रुपमा रहेका परिचित नेपाल प्रहरीका जवान प्रेम बहादुर लिम्बुले विविन्न देशका खेलाडीहरुलाई पछि पार्दै अति प्रतिष्ठित अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दोमा दोस्रो उपाधि जित्न सफल भएका हुन् !
क्वान योङ दाल गुरुका चेला अनि अहिलेको बन्दप्रशिक्षणमा प्रशिक्षणमा सन्जिब कुमार ओझा बाट प्रशिक्षण लिएका प्रेम बहादुर लिम्बु धेरै अब्बल खेलाडी हुन् !
नेपाल प्रहरीबाट (काठमाडौं ) २०७३/०६/१६ गते का दिन तेक्वान्दोको सुरुवात गरेका उनले , ८औं राष्ट्रिय -प्रथम, ९औं राष्ट्रिय -प्रथम, १३औं साग गेममा तेस्रो १९औं एसियन गेम -५औं, एसियाली तेक्वान्दो हनमाडाङ च्याम्पियनसिप इन्डोनेसिया-तेस्रो, माफिया अन्तर्राष्ट्रिय च्याम्पियनसिप थाइल्याण्ड- पहिलो, शिनसुङ विश्वविद्यालय दक्षिण कोरियामा प्रथम र ११ औँ सेङनाम अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप-दोस्रो उपाधि जिती सकेका छन् ! अन्तराष्ट्रिय खेलहरुमा १ दर्जन भन्दा धेरै खेलहरुमा सहभागिता जनाएर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरुमा १ दर्जन भन्दा धेरै पदकहरु जितेका उनले रेफ्रि तथा प्रशिक्षको तालिमहरु समेत लिएका छन् !
सङनाममा आयोजित खुला अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दो च्याम्पियनशिप-२०२४ मा पहिलो-दक्षिण कोरिया, दोस्रो – नेपाल र तेस्रो – चीन र दक्षिण कोरिया भएका हुन् !