काठमाडौँ, १५ भदौ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री तथा कार्यवाहक मुख्यमन्त्री किरण गुरुङले शारीरिक र मानिसक तन्दुरुस्तीका लागि खेलकूद अपरिहार्य भएको बताउनुभएको छ ।
पोखरा महानगरपालिका–४ गणेशटोलस्थित स्पोर्टस् क्यासलको आज उद्घाटन गर्दै उहाँले खेलकूद गतिविधिले पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । खेलकूदको विकाससँगै मुलुकको समृद्धिका लागि सरकार एकल प्रयास पर्याप्त नहुने भन्दै उहाँले खेलकूदको विकासका लागि निजी क्षेत्रको लगानी महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
रु छ करोडको लागतमा निर्माण गरिएको सो क्यासलमा पूर्वराष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ, अनमोल पालिखे, विजया गुरुङ, राष्ट्रिय फुटसल प्रशिक्षक विष्णु गुरुङ, विशाल श्रेष्ठ, दिलीप कार्की र पवन गुरुङको लगानी रहेको छ । कार्यक्रममा इण्डोनेशियामा सम्पन्न १८औँ एशियाली खेलकूदमा नेपालकोतर्पmबाट प्याराग्लाइडिङमा रजत पदक दिलाउन सफल प्रशिक्षक योगेश भट्टराईलाई सम्मान गरिएको थियो । कार्यक्रममा क्यासल सञ्चालक गुरुङ, प्रदेशसभा सदस्य बिन्दुकुमार थापा, राष्ट्रिय खेलकूद परिषद्का बोर्ड सदस्य राजेश गुरुङलगायत उपस्थित थिए ।