पेन्टाथलन खेलाडिको विदाई

खेलकुद समाचार

काठमाडौं । स्यंभू एथलेटिक्स ट्रेनिङ्ग सेन्टरको तर्फबाट सेप्टेम्बर ७ र ८ मा हंगेरीको बुद्धापेसमा आयोजना हुने मोर्डन पेन्टाथलन वर्ड च्याम्पियनसिप २०१९ मा सहभागी हुने खेलाडि तथा प्रशिक्षकलाई आज एक कार्यक्रम माझ विदाई गरियो । ट्रेनिङ्ग सेन्टरका तर्फबाट प्रतियोगितामा ११ वर्ष मुनि सोयबमान श्रेष्ठ र प्रशिक्षक शैलेन्द्रमान श्रेष्ठ सहभागी हुँदैछन् । सहभागी खेलाडि तथा प्रशिक्षकलाई स्वयंभू एथलेटिक्स टे«निङ्ग सेन्टरका अध्यक्ष तथा प्रशिक्षक रमेश सुनार र स्वयंभू ट्रेडिशनल कम्फुका अध्यक्ष तथा प्रशिक्षक राजु नेपालीले संयुक्त रुपमा खादा ओडाएर विदाई तथा सफलताको शुभकामना दिनुभयो ।

Facebook Comments Box