करातेको प्रसाई तालिमको निर्देशकमा प्रमुख दावेदार,

खेलकुद

नेपालको नं-१ मानिने कराते खेलमा करिव साँढे चार दशक देखि निरन्तर रुपमा कराते खेल,विकाश-विस्तार र प्रवर्द्धनमा लागिपरेका मोरङ्ग जिल्ला स्थायी निवासी करातेका बरिष्ठ प्रशिक्षक शोभित प्रसाई नेपाली खेलकुदमा नौलो नाम होईन ।हाकी र प्रष्ट वक्ताको रुपमा परिचित प्रसाईले आफ्नो खेल जीवनमा बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कराते प्रतियोगितामा राष्ट्रका लागि पदक दिलाई सकेका छन ।

खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदमा बि.स.२०५० साल देखि करार सेवामा प्रवेश गरेका प्रसाई बि.स. २०५२ सालमा स्थायी नियुक्ती भएका थिए । बिगतमा कराते खेलको प्रमुख प्रशिक्षकको भुमिकामा समेत ३ बर्ष आफ्नो सफल भुमिका निर्वाह गरि सकेका प्रसाईको अवको यात्रा तालिम तथा प्रशिक्षण विभागको निर्देशकको रुपमा रहेको खेल जानकारहरु वताउछन ।

राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहेको तालिम तथा प्रशिक्षण विभागमा यही भाद्र १९ गते देखि निर्देशकको पद रिक्त हुदैछ । राष्ट्रिय खेलकुद परिषदमा बिगत १७ बर्ष देखि नायव वरिष्ठ प्रशिक्षकको रुपमा कार्यरत प्रसाई सिनियर तथा खेलकुद भित्रको तालिम तथा प्रशिक्षण बिभागको निर्देशकको रुपमा पदस्थापना भए खेलकुदलाई न्यायोचित हुने जानकारहरु वताउछन ।

Facebook Comments Box