स्याङ्जा परिवार थेगुले सेप्टेम्बर २९ मा “चौथो भलिबल कप २०२४” गर्ने

कोरियाअपडेट खेलकुद

कोरिया स्थित स्याङ्जा परिवार थेगु शाखाले यही सेप्टेम्बर २९ मा दशैं धमाका “चौथो भलिबल कप २०२४” मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाले नेपालीहरुको महान् पर्व बडा दशैंको अवसर पारेर सम्भवत: यो सिजनकै अन्तिम प्रतियोगिता आयोजना गर्ने भएको हो ।

“राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको सो मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगिता थेगु खुजी स्थितको खेलमैदान (대구광역시 달성군 구지면 예현리 764-3) मा हुने संस्थाका अध्यक्ष मिलन राना मगरले बताए ।
सस्थाले हरेक बर्ष जस्तै यो पटक पनि भलिबल खेलको आयोजना गरेको र यस्ता खालको कार्यक्रमले नेपाली दाजुभाइ दिदिबहिनी हरुमा प्रदेशी भुमिमा आत्मियता अझ बलियो बनाउने र कामको तनाब बिर्साउन मद्दत गर्ने भएकोले सस्थाका सचिब आकास अधिकारीले सबै नेपाली हरुलाइ खेल अवलोकन गर्न उपस्थितिका लागि आह्वान गर्नु भएको छ ।

प्रतियोगितामा प्रथम र द्धितीय स्थान हासिल गर्ने टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २५ लाख र १२ लाख र सान्तवना पुरस्कार स्वरुप दुई टीमलाई मेडल र प्रमाण पत्र सहित जनही ४/४ लाख कोरियन वोन प्रदान गरिने संस्थाका खेल संयोजक दिलेन्द्र थापा मगरले जानकारी दिए ।

संस्थाले स्थापनाकाल देखि हरेक परोपकारी कार्यमा आफ्नो उपस्थिति देखाउँदै अन्य संघसंस्थाहरुसँग निरन्तर सहकार्य र हातेमालो गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन मनकारी व्यक्ति र संस्थाहरुको सहयोग प्राप्त भईरहेको र अन्य शुभचिन्तकहरुबाट सहयोगको अपेक्षा रहेको संस्थाका संरक्षक रमेश मस्राङ्गीले स्पष्ट पारे ।

स्याङ्जा परिवार दक्षिण कोरियाद्धारा आयोजित उक्त दशैं धमाका “चौथो भलिबल कप २०२४” मा टिम दर्ता शुल्क ३ लाख कोरियन वोन रहेको, सेप्टेम्बर २२ तारिक साँझ ६ बजे संस्थाको आधिकारीक फेसबुक पेजमार्फत् लाईभ गोलाप्रथाद्धारा टाईसिट सार्वजनिक र खेल सेप्टेम्बर २९ तारिक दिन बिहान ८ बजेदेखि शुरु हुने संस्थाका प्रमुख सल्लाहकार विष्णु वाग्लेले थपे । सो प्रतियोगिता स्थलमा स्वादिष्ट नेपाली परिकारहरुको व्यवस्था समेत गरिएको आयोजक संस्थाले जनाएको छ ।

Facebook Comments Box