एसियन तेक्वान्दोमा नेपाललाई रजत पदक

खेलकुद

काठमाडौँ, १ कात्तिक : ‘छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिप’मा नेपालका अभिषेक बरालले रजत पदक प्राप्त गरेका छन् ।

इण्डोनेसियाको जकार्तामा आज भएको उक्त प्रतियोगिताको पुरुष ८० किलोमुनि तौलको फाइनलमा बराल इण्डोनेसियाका खेलाडीसँग पराजित भएका थिए । यसअघि उनले फाइनल यात्रा तय गर्न इण्डोनेसिया, फिलिपिन्स र पाकिस्तानका खेलाडीलाई पराजित गरेका काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष विक्रम खड्गीले जानकारी दिनुभयो ।

प्रतियोगितामा २६ राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा बरालसँगै नेपालबाट १० खेलाडी सहभागी छन् । उनीसँगै ६ खेलाडी क्योरोगी तथा बाँकी चार खेलाडी पुम्सेमा सहभागी छन् । ग्योरोगीमा अभिषेक डल्लाकोटी, सुजबकुमार यादव, भीमबहादुर खड्का, वर्षा थापा र अनिश घिसिङ पदकविहीन बने ।

त्यस्तै पुम्सेमा यबन्दिन दाहाल, सरोज तामाङ, कुमार तामाङ र देवराज काम्छाले शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा विकेश विडारी रहेका छन् ।

Facebook Comments Box