” एरिकाले दिलाईन,नेपाललाई स्वर्ण पदक”

खेलकुद

सिंगापुरमा जारी १६ ओै एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपाललाई पदकको बर्षा भएको छ । नेपाल को लागि सिनियर महिला तर्फ ६८ किलो तौल भन्दा माथि समुहमा १९ ओै एशियन गेम्सकी रजत पदक विजेता एरिका गुरुङ्गले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन ।एरिकाले सिंगापुरमा भईरहेको प्रतियोगिताको फाईनलमा भारतलाई ८-० अंकको फराकिलो अन्तरले पराजित गरी नेपाललाई स्वर्ण दिलाईकी हुन । कराते खेलकी चर्चित एवम सफल खेलाडी एरिकाले मित्र राष्ट्र चीनको हाङझाउमा केही महिना अघि समपन्न भएको एशियन कराते प्रतियोगितामा रजत पदक जितेकी थिईन ।सितोरियो करातेको महत्वपुर्ण एवम ठुला प्रतियोगिताको रुपमा लिईने एशियन प्यासिफिक कराते प्रतियोगितामा राष्ट्रलाई स्वर्ण पदक दिलाउन सफल हुदा आफुलाई भाग्यमानी ठानेकी स्वर्ण विजेता गुरुङ्गले वताईन ।
हाल सम्म १६ ओै एशियन प्यासिफिकमा नेपालले २ स्वर्ण २ रजत र ३ कास्य सहित कुल ७ पदक दिलाएको र वाकी केही प्रतिस्पर्धा अहिले भईरहेको सिंगापुरवाट नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङ्गी ‘ईश्वर’ले जानकारी गराउनुभयो ।

Facebook Comments Box