“एशियन प्यासिफिक सितोरियो कराते मा वहुमत सहित ‘दावा’ निर्वाचित”

खेलकुद

एशियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा दावा गुरुङ्ग निर्वाचित भएकाछन ।सिंगापुरमा आईतवार वेलुकी सम्पन्न भएको बिशेष अधिवेशन ( कङग्रेश )मा नेपाल सितोरियो कराते संघका अध्यक्ष समेत रहेका गुरुङग निर्वाचित भएका हुन ।एशियन प्यासिफिक अन्तर्गत सहभागी २८ राष्ट्र मध्ये खसेको २३ मत मध्ये १८ मत प्राप्त गरि गुरुङ्ग निर्वाचित भएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङ्गी ‘ईश्वर’ ले जानकारी गराए ।

गुरुङगका प्रत्यासी फिलिपिन्सका उम्मेदवारले ८ मत प्राप्त गरेका थिए । सिंगापुरमा १६ ओै एशियन प्यासिफिक प्रतियोगिता सम्पन्न भए पश्चात भएको अधिवेशन कंङ्ग्रेशले आगामी १७ ओै एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगिता कहाँ र कुन मितिमा आयोजना गर्ने भन्ने वारेमा एक महिना भित्रमा निर्णय गर्ने प्रवक्ता खपाङ्गीले जानकारी गराए ।कङ्ग्रेशमा एशियन प्यासिफिक सितोरियो कराते महासंघ संग आवद्ध २८ राष्ट्रका प्रतिनिधि, विश्व सितोरियो कराते महासंघका अध्यक्ष गेन्जो ईवाता सहित केनई मावुनी,वाङ तोङ्ग सेङ,रिकी योङ्ग र नेपालको तर्फवाट सितोरियो कराते संघका संरक्षक समेत रहेका नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र सितोरियोका अध्यक्ष दावा गुरुङ्गले सहभागी जनाएका थिए ।यस अघि सम्पन्न भएको १६ ओै एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण,२ रजत र ५ कास्य पदक सहित कुल ९ पदक हाशिल गरेका थिए ।

 

Facebook Comments Box