प्रधानमन्त्री कप महिला क्रिकेट : एपिएफ क्लब विजयी

खेलकुद

बैतडी, १ माघ : प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअनतर्गत आजको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । एपिएफ क्लबले कर्णाली प्रदेशलाई १११ रनले हराएको हो ।

धनगढीस्थित फाफ्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपिएफ क्लबले २० ओभरमा एक विकेट गुमाउँदै १८२ रन बनायो । एक सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सक्यो ।

एपिएफ क्लबका लागि ममता चौधरी र कप्तान इन्दु बर्माले अर्धशतकीय पारी खेले । ममता र इन्दुले दोस्रो विकेटका लागि १५८ रनको साझेदारी गरे । ममताले ६६ बलमा १० चौकासहित अविजित ७८ रन तथा इन्दुले ३४ बलमा सात चौकासहित अविजित ५२ रन बनाइन् । यस्तै राजमती ऐरीले २२ रनको योगदान दिइन् । बलिङतर्फ कर्णालीकी दीक्षा पुरीले एक विकेट लिइन् । एपिएफकी ममता प्लेयर अफ दी म्याच घोषित भइन् ।

एपिएफका लागि भने दीक्षा पुरीले १७, रमा बुढाथोकीले १० तथा गौरी बोहराले अविजित १० रन बनाइन् । बलिङतर्फ एपिएफकी करूणा भण्डारीले तीन तथा रेखा रावल, सुमना विष्ट र बिनु बूढाले एक एक विकेट लिइन् ।

Facebook Comments Box