काठमाडौं । नेपाल सितोरियो कराते डो संघ एभरेष्ट आवासीय माध्यमिक विद्यालय लैनचौरमा शाखा डोजोमा ग्रेडिङ सम्पन्न भएको । करिव ७५ कराते प्रशिक्षार्थीहरुले विभिन्न श्रेणिमा ग्रेडिङ परिक्षामा सफलता हासिल गरेका छन् । शनिबार एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमका बीच प्रमुख अतिथि नेपाल कराते महासंघका महासचिव एवं सितोरियो कराते संघका अध्यक्ष दाबा गुरुङले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै ग्रेडिङमा सहभागी प्रशिक्षार्थीहरुलाई कठिन मेहनतका साथ प्रशिक्षण लिएर योग्य र क्षमतावान खेलाडि र भाविष्यमा प्रगतीपथमा अग्रसर हुन प्ररणा दिनुभयो । एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा निर्वाचित हुन सफल भएकोमा डोजोको तर्फबाट सम्मान अर्पण गरिएको थियो । यसैगरी डोजोले कराते खेलमा लामो समयदेखि निरन्तर लागि परेर सफलता हासिल गर्न सफल नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक दिपक श्रेष्ठ, अन्तर्राष्ट्रिय रेफ्रि तथा राष्ट्रिय रेफ्रि कमिशन समितिका सदस्य शान्ति तामाङ, सितोरियो कराते संघ लैनचौर डोजोका प्रमुख लक्ष्मण खड्का लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल सितोरियो कराते संघका सचिव प्रेम वम्जन लामा, चित्र राना, संघका पूर्व केन्द्रीय सदस्इ एवं प्रशिक्षक रामकुमार थारु, विद्यालयका प्रधानाध्यापक अनुप आचार्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रम डोजोका प्रमुख बलबहादुर थापामगरको सभापतित्वमा सम्पन्न भयो ।