आगामी फागुनको दोश्रो साता सिन्धुपाल्चोकको मेलम्ची वजार-११ मा मिस्टर वागमती वडिविल्डिङ्ग प्रतियोगिता हुने भएको छ ।वागमती प्रदेश स्तरिय हुने उक्त प्रतियोगिताको ओभरअल विजेता प्रथम हुनेले नगद रु ५० हजार,दोश्रोले २५ हजार र तेश्रोले १५ हजार सहित पदक,प्रमाणपत्र,ट्रफी हात पार्नेछन । त्यसैगरि वेष्ट पोजरले ट्रफी सहित नगद रु ५ हजार प्राप्त गर्नेछ । पुरुषको ५५-६०,६०-७० र ७० किलो भन्दा माथि तीनवटा ईभेन्टसका लागि प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक तथा पुर्व धर्मश्री स्वर्ण पदक विजेता अनिल श्रेष्ठले जानकारी गराए ।एक दिन हुने उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुले प्रति व्यक्ती ५ सय रुपैया शुल्क वुझाउनु पर्नेछ भने,सहभागी सम्पुर्ण खेलाडी तथा अफिशियलहरुलाई खाना तथा वासको ब्यवस्थापन गरिएको आयोजक कमिटिका संयोजक श्रेष्ठले वताए । फागुन १० मा हुने उक्त प्रतियोगिताको स्थानिय नेता,प्रमुखले उदघाटन गर्नेछ भने नेपाली कथानक चलचित्रका चर्चित द्धन्द निर्देशक राजेन्द्र खडगी, विभिन्न खेलकुद वरिष्ठ व्यक्तीत्वहरु लगायत स्थानिय समाजसेवीहरुको उपस्थिति रहनेछ

Facebook Comments Box