माघ १९, २०८१
नेपाल सोतोकान कराते संघले सञ्चालन गरेको राष्ट्रिय सोतोकान कराते प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य नन्दा बस्यालले गर्नुभएको थियो भने समापन कार्यक्रम मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सानुकाजी राजवाहकले गर्नुभएको थियो । सो कार्यक्रममा प्रथम भक्तपुर जिल्ला मुख्य डोजो, द्वितीय ठिमी नगदेश डोजो र तृतीय आयोजक ठिमी भएको थियो । वेस्ट फाइटरमा ३० केजी तौलमा पुरुषको तर्फबाट सुलभ भुजेल र महिलाको तर्फबाट १५ केजी तौलमा विनिषा मगर भएका थिए ।
सो कार्यक्रम २०८१ माघ १९ गते शनिबारको दिन कृषि विकास बैंक केन्द्रीय तालिम केन्द्र, बोडे, भक्तपुरमा भएको थियो ।
Facebook Comments Box