“कर्णाली प्रदेश स्तरिय,सितोरियो कराते दिक्षान्त सम्पन्न”

खेलकुद समाचार

नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रम अनुशार कर्णाली प्रदेश स्तरिय सितोरियो कराते दिक्षान्त ( Black belt 1st DAN,2nd DAN,3rd DAN, Belt test) सम्पन्न भएको छ । कर्णाली प्रदेश स्थित विरेन्द्र नगर सुर्खेतमा सन्चालन भएको उक्त दिक्षान्तमा ९० जना दिक्षित भए । दिक्षान्त कार्यक्रम समापन समारोहका प्रमुख अतिथि एशिया प्यासिफिक सितोरियो कराते महासंघ तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्गले दिक्षित हुने सम्पुर्ण खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

कर्णाली प्रदेशका सितोरियो कराते अध्यक्ष हरि विष्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक शोभित राज प्रसाई, नेपाल सितोरियो कराते संघका प्रमुख प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ,नेपाल सितोरियो कराते संघका कार्यालय प्रमुख राजेन्द्र क्षेत्री,संघका सचिव प्रेमलाल वम्जन,संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङ्गी’ईश्वर’,कराते महासंघका सदस्य गजेन्द्र सावद,कर्णाली प्रदेश कराते महासंघका अध्यक्ष हेमन्त मल्ल,सितोरियो कराते संघका कार्यालय स-प्रमुख हरि वहादुर थापा,संघ तथा महासंघका पदाधिकारी,स्वयम सेवक प्रशिक्षकहरुको उपस्थिति रहेको थियो । दिक्षान्तमा कर्णाली प्रदेश अन्तर्गत ८ जिल्लाका खेलाडी,पदाधिकारी तथा प्रशिक्षकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा कर्णाली प्रदेश कराते महासंघका अध्यक्ष हेमन्त मल्लले उपस्थित सवैलाई स्वागत मन्तव्य व्यक्त गर्नुभयो।

गत फागुन ८ देखि शुरु भएको दिक्षान्तमा ९० जना दिक्षित भए । कर्णाली प्रदेश सितोरियो कराते संघ सुर्खेत जिल्लाको आयोजना तथा व्यवस्थापनमा भएको दिक्षान्तलाई करातेका वोर्ड अफ एक्जामिनर व.प्रशिक्षक महेश कुमार श्रेष्ठ,वरिष्ठ प्रशिक्ष प्रदिप राई,तेजु गुरुङ्,सोनु थापा लगायतले प्रशिक्षण गराउनु भएको थियो । तीनदिन सम्म सन्चालन भएको उक्त कार्यक्रम सुर्खेत जिल्लाका कराते प्रशिक्षक प्रदिप राईले सन्चालन गर्नुभएको थियो । विरेन्द्र नगर सुर्खेतमा सन्चालित कार्यक्रमको यस अघि कर्णाली प्रदेशका सामाजिक विकाश मन्त्रीले एक कार्यक्रम विच उदघाटन गर्नु भएको थियो । नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रम अनुशार यस वर्षको ७ वटै प्रदेशमा सन्चालन भईरहेको दिक्षान्त अव सुदुर पश्चिम प्रदेशमा मात्र वाकी रहेको र उक्त कार्यक्रम छिट्टै आयोजना हुने संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङ्गीले जानकारी गराए ।

Facebook Comments Box