नेपाली पारा एथलेटिक्स खेलाडि भारत प्रस्थान

खेलकुद

काठमाडौं । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुने ६ खेलाडि सहित १० सदस्यीय नेपाली टोलि शुक्रबार भारत प्रस्थान गरेको छ । भारतको नयाँ दिल्लीमा मार्च ७ देखि १४ सम्म हुने प्रतियोगितामा नेपालको तर्फबाट पुरुष ४ सय मिटर दौडमा नवराज कार्की, पुरुष ४ सय मिटर दौड र ज्याभ्लिन थ्रोमा गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल, डिस्कस थ्रोमा राजु गुरुङ तथा महिला २ सय÷४ सय मिटर दौड र लङजम्पमा प्रभा आङदेम्बेले प्रतिस्पर्धा गर्नेछन् ।

अफिसियल राखेपकी सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापक ओमनाथ सिवाकोटी तथा प्रशिक्षक विमला राना मगर सहितको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राखेप परिसर त्रिपुरेश्वरमा एक कार्यक्रमका बीच बिहीबार विदाई गर्नुभएको थियो ।

Facebook Comments Box