काठमाण्डौ,चैत्र ७ विहिवार,
नेपाल कराते महासंघको दोश्रो वार्षिक साधारण सभाका निम्ति सम्पुर्ण तयारी पुरा भएको छ । यही चैत्र ८ र ९ गते वारा जिल्ला स्थित निजगढमा सन्चालन हुने साधारण सभाको आयोजना गर्ने निर्णय महसंघले यस अघिको वैठकमा सर्व सम्मतवाट गरेको थियो।
७ वटै प्रदेशका पदाधिकारी,प्रतिनिधि,पर्यवेक्षक र केन्द्रका पदाधिकारी सहित करिव १ सय जना सहभागी हुने महासंघले जनाएको छ ।
त्यसैगरि महासंघ अन्तर्गत रहेका केही पदाधिकारी,सदस्यहरुले दिएको राजिनामा र महासंघको विरुद्धमा अराजक र अनुशासनहिन गतिविधि गर्ने सदस्यहरुलाई यस अघिको वैठकले कार्वाही गरिसकेकोले उक्त पदा पदाधिकारी तथा सदस्यहरुको राजिनामा सहित कारवाही प्रकृयाको अनुमोदन समेत यो साधारण सभाले गर्ने महासंघले जनाएको छ ।
साथै यस साधारण सभाले आगामी दिनमा कराते खेललाई अझ प्रभावकारी र व्यवस्थित वनाउन र विश्व कराते महासंघको निति,नियम र निर्देशन अनुशार केही बिधान संशोधन समेत गर्ने तयारी गरेको छ ।
अघिल्लो वर्ष अर्थात २०७९ चैत्र ११ गते भरतपुर चितवनमा भएको कराते महासंघको ऐतिहाशिक निर्वाचन र करातेका संस्थापक सदस्य युवराज लामाको नेतृत्वमा महासंघको नेतृत्व पश्चात लगातार वर्षहरुमा महासंघले साधारण सभा गर्दै आएको छ ।
लामाको आगमन अघि महासंघले कुनैपनि वार्षिक साधारण सभा लगायत आर्थिक प्रतिवेदन समेत प्रस्तुत नगरेको करातेकर्मीहरु वताउछन । राखेपका पुर्व सदस्य सचिव समेत रहेका लामा नितिगत,नियमनकारी,प्रष्ट र वौद्धिक क्षमता भएका व्यक्तीका रुपमा समेत परिचित छन । लामाको आगमन पश्चात कराते खेल व्यवस्थित हुदै,विशेष फडको मारेको जानकारहरु वताउछन