प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई

खेलकुद

काठमाडौँ, ८ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सिङ्गापुरविरूद्ध ऐतिहासिक जित हासिल गरेकामा नेपाली फुटबलका राष्ट्रिय खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीेले आज सामाजिक सञ्जालमा फुटबल खेलाडीको तस्बिर राख्दै सिङ्गापुरविरूद्धको खेलमा नेपालले विजय हासिल गरेकामा बधाई ज्ञापन गर्नुभएको हो ।

“बधाई नेपाली !! नेपालले सिङ्गापुरविरूद्ध ऐतिहासिक जित हात पारेको छ”, उहाँले लेख्नुभएको छ ।

साँझ सिङ्गापुरको राष्ट्रिय रङ्गशालामा भएको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिङ्गापुरलाई १–० गोलले पराजति गरेको थियो ।

Facebook Comments Box