फूटबलमा नेपाललाई स्वर्ण पदक

खेलकुद समाचार

काठमाडौं, २४ मंसिर । तह्रो दक्षिण एशियाली खेलकुदअन्तर्गत आज सम्पन्न फूटबल खेलमा नेपालले स्वर्ण पदक हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोलले पराजित गर्दै स्वर्ण जितेको हो । सागमा नेपालका लागि यो ५१ औं स्वर्ण पदक हो ।

Facebook Comments Box