-शर्मिला पौडेल
म त मेरै पाइलामा थिएँ, गलत बाटो मोड्नु थियो
पात जस्तै कमजोर न कि, जरा झै नाता जोड्नु थियो
कुनै नौलो आशा थिएन मुस्कुराउनु त हो जीवन
आफ्नै ताना र गानामा बिघ्न बाधा फोड्नु थियो
तिम्ले टेक्ने धरातलमा म नगन्य कण झै सधैं
हे ईश्वर आफ्नो अन्तरात्माको अज्ञान तोड्नु थियो
टाढा कुनै क्षितिजमा पनि स्वर्णिम सपना देख्ने म
भक्ती र भावनाको सत्मार्गमा बगैंचा गोड्नु थियो
मूल्य चुक्नु चुकाउनु, के नै छ र? गुन को बदलामा
दिन त के नै सक्छु र सद्भाव्को प्रार्थना छोड्नु थियो
Facebook Comments Box